- अमर काफ्ले

जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी जवानमा कोरोना भाइरसको संक्रमण देखा परेको छ । कार्यालय परिषर भित्र चमेना गृह संचालन गर्दै आएका पुरुष संक्रमित पाइएका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले समेत कोरोना संक्रमणको पुष्टि गरेको छ ।

प्रहरी प्रमुख कमल थापाका अनुसार क्यान्टिन संचालन गर्दै आएका जवान कोरोना संक्रमित भेटिए सँगै उनीसँगको सम्पर्कका आधारमा कन्ट्याक ट्रेसिङको काम थालिएको छ । संक्रमित प्रहरी जवान परिवार सहित बस्दै आएका व्यक्ति हुन् । महिला सेलसँगै जोडिएको क्यान्टिनमा अधिकांशजसो प्रहरीहरु चिया नास्ता खाने गर्छन् । संक्रमित भेटिएको भनिएका व्यक्ति चिया र नास्ता बोकेर कार्यालयका फाँट सम्मै पुग्ने गरेको र सागसब्जी सहित क्यान्टिनमा आवश्यक सामान किन्न बजार पसल सम्म पुग्ने गरेको पाइएको छ । कार्यालय भित्र कोरोना देखिएपछि थप सावधानी अपनाइएको सुनसरी प्रहरीले जनाएको छ । प्रहरी प्रमुख थापाका अनुसार संक्रमित सँगको पत्यक्ष सम्पर्कको आधारमा कम्तिमा ४० जनाको तत्काल स्वाब संकलन गरी परीक्षण गरिने छ ।

कार्यालयमा रहेको जनशक्ति मध्ये संक्रमितसँग सम्पर्कमा नआएकाहरुलाई आलोपालो ड्युटीमा खटाइने गरी तयारी थालिएको थापाले बताउनु भयो ।कार्यालय तत्काल सिल गर्नु भन्दा पहिलो चरणमा स्वाब संकलन गरिएकाहरुको नतिजा पश्चात आवश्यक निर्णय गरिने सुनसरी प्रहरीले जनाएको छ ।स्वास्थ्य कार्यालय सुनसरीका अनुसार दुई दिन अघि जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सहित ३० जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये एकजना कोरोना पोजेटिभ पाइएका हुन् ।स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार कार्यालय भित्रको कर्मचारीमा संक्रमण देखिएकाले तत्कालकालागि प्रहरीहरुको मुभमेन्ट बाहिर गराइनु हुँदैन् । संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कम्तिमा पनि पहिलो चरणको स्वाब संकलनको रिपोर्ट नआएसम्म प्रहरी कर्मचारीहरुलाई कार्यालय परिषरमै सुरक्षित राखिनु पर्ने प्रसाई बतानु हुन्छ । जसकालागि प्रहरीसँग स्वास्थ्य कार्यालयले समन्वय गरिरहेको प्रसाईले बताउनु भयो ।

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020





तपाईको प्रतिक्रिया