deadमहेन्द्रनगर (धनुषा), माघ १०/

शीतलहरसँगै बढेको जाडोका कारण दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार शनिबार जाडोको कारण एक पुरुष र एक महिलाको मृत्यु भएको हो। मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका–४ का अन्दाजी ५५ वर्षीय नाम नखुलेका एक पुरुषको जाडोले कठ्याङ्ग्रिएर मृत्यु भएको छ भने दुवरकोट–७ मङ्ग्रामटोलस्थित चोराकोयलपुर गाविस चिरैया मतौना बस्ने वर्ष ५० वर्षीय जीवछीदेवी यादवको मत्यु भएको छ। मृतकहरुको शव हाल जनकपुर अञ्चल अस्पतालमा शव परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ। रासस

 

तपाईको प्रतिक्रिया