इनरुवामा लकडाउन कडा गरिने भएको छ। छिमेकि जिल्ला तथा इनरुवा संग टासिएका नगरहरुमा कोरोना भाइरसका संक्रमितको संख्यामा दिन प्रतिदिन वृधि हुदै गर्दा इनरुवामा पनि लकडाउनलाई कडा गरिने इनरुवा नगर प्रमुख राजन मेहता बताएका छन।

कोरोना भाइरस नेपालमा पनि समुदाय स्तरमा प्रवेश गरिसकेकोले यसले समुदायमा भयानक रुपलिने निश्चित देखिन्छ तेसैले आवश्यकता अनुसार लकडाउनलाई कडा बनाउने नगर प्रमुख मेहताको भनाई छ। नगरबासीको हितकालागी नेपाल सरकारले दिएको निर्देशन अनुसार इनरुवा नगरपालिकाले पनि आवश्यक कदम चालिने नगर प्रमुख मेहताले बताएका छन।

साउन १५ गते देखि सरोकारबालाहरुको बैठकबाट निर्णय भए अनुसार इनरुवा बजारका पसल, होटल तथा अन्य सबै प्रकारका व्यवसायहरु स्वास्थ्य सुरक्षाको मापदण्ड अनिवार्य पुरा गरि बिहान १० बजे देखि दिउसो ४ बजे सम्म मात्र खोल्ने तथा शनिबार पुर्ण रुपमा बन्द गर्ने भनिएता पनि सो कुरा पुर्ण रुपमा लागु भएको पाईएको छैन। इनरुवा बजारका पसलहरुमा नत सामाजिक दुरि कायम गरेको पाईएको छ नत समयको पालना गरेको पाईएको छ। मात्र नगर प्रहरी र सुरक्षा निकायको आखामा छारो मात्र हान्ने काम भएको छ। सबैतिर कोरोना समुदाय स्तरमा फैलिदैजादा अब पनि इनरुवा नगरपालिकाले समयमा सहि र कडा निर्णय लिन सकेन भने नगरबासीका माझ ठुलो चुनौति थपिने निश्चित भएको स्थानियको बुझाई छ।

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द

Gepostet von Inaruwa Online am Montag, 3. August 2020

भगवति माविको क्वारेन्टाईन बन्द
इनरुवा वडा नं. १ मा सञ्चालित रहेको क्वारेनटाईन आज देखि बन्द भएको छ। भगवती मावि इनरुवाको भवनमा जेठ महिनाको तेस्रो साताबाट सञ्चालनमा आएको क्वारेन्टाईन आजबाट बन्द गरिएको इनरुवा स्वास्थ्य शाखाका मिश्रीलाल मेहताले बताए।

सुरुवाती अवस्थाबाटै नयाँ बसपार्कको भवनमा १० वेडको क्वारेनटाईन संचालनमा ल्याइएको थियो जुन पछिल्लो समय इनरुवा नगरपालिकाले सो स्थानमा २० वेड थपेको थियो। केही दिन अगाडी मात्र नयाँ बसपार्कमा रहेको क्वारेन्टाईन नगर पालिकाले बन्द गरेको छ भने आज मात्रबाट भगवती माविमा राखिएको क्वारेन्टाईन समेत बन्द गरिएको छ। भगवती माबि इनरुवाको क्वारेनटाईन १ सय वेड क्षमताको क्वारेन्टाइन संचालनमा ल्याइएको थियो ।

व्यापक गुनासो आएपछि भगवती माबिको क्वारेन्टाईन बन्द गरिएको हो। विधालयमा राखिएको क्वारेन्टाईनलाई हटाएर अन्य कुनै विक्ल्पका बारेमा सोच्दै जाने नगर प्रमुख मेहताले बताए। भोलिको दिनमा आवश्यक परेको खण्डमा इनरुवाको अन्य कुनै स्थानमा क्वारेन्टाईन स्थापना गर्न सकिने र हामी होम क्वारेन्टाईनको अवधारणामा अगाडी बढ्नुपर्ने नगर प्रमुख मेहताको तर्क रहेको छ। पिसिआर टेष्ट नेगेटिभ आएपछि भगवती माबि इनरुवाको क्वारेनटाईनबाट आज छ जनालाई डिस्चार्ज गरिएको छ। डिस्चार्ज भएका छ जनानै भगवती माबि इनरुवा क्वारेनटाईनको अन्तिम संख्या थिए।

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020





तपाईको प्रतिक्रिया