- दिलिप कुमार साह

राजविराज। विश्वको अधिकांश मुलुकहरुमा फैलिरहेको नोबेल कोराना भाईरस तीव्र रुपमा फैलिएपछि सप्तरीमा ७ दिनसम्म निषेधाज्ञा जारी गरेको छ । भोली मंगलबार विहान ५ बजे देखि सोमबार सम्मको लागि निषेधित क्षेत्र तोकेर निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी शंकर आचार्यले जानकारी दिनुभयो । समितिको सोमबार बसेको बैठकले जिल्लाको समुदाय स्तरमा संक्रमण फैलिन नदिनको लागि जिल्ला भरीको लागि आदेश भएको जानकारी आचार्यले दिनभयो ।

निषेधित क्षेत्रमा औषधी पसल, खाद्यान्न, फलफुल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र संचालन सेवा, मालसमान ओसार पोसार गर्ने तथा पूर्वाधार निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, संचार सेवा, बैकिङ्ग सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी संचालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डारण र वितरण फोहरमैला संकलन तथा ढुवानी, विद्युतीय सेवा, कृषिजन्य कार्य तथा पशुजन्य उत्पादन ढुवानीमा प्रयोग हुने साधन जस्ता सेवाहरु बाहेक अन्य सेवा/ स्थलहरु संचालन र अनावश्यक आवतजावत हिडडुल गर्न नसक्ने उनले जानकारी दिनुभयो ।

निषेधाज्ञा आदेशको उलंघन गर्ने ब्यक्तिलाई कानुन बमोजिम कारवाही गरिने ब्यहोरा सूचित गर्दै उल्लेखित सेवा अन्तर्गतका कार्यहरु समेत तोकिए बमोजिमका स्वास्थ्य सुरक्षा सतर्कता सम्बन्धी मापदण्डहरुको पूर्ण पालन हुने गरी मात्र गर्न गराउन सचेत गराइएको छ । सो नमानेमा प्रचलित ऐन, नियम कानुन वमोजिम कारबाही हुने उल्लेख छ ।

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020





तपाईको प्रतिक्रिया