- दिलिप कुमार साह

राजविराज । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका २ लौनियाँमा एकै दिन २५ जनामा कोरोना सङ्क्रमण भेटिएको छ । उक्त वार्डमा अब सङ्क्रमितको सङ्ख्या ३१ पुगेको छ । तिलाठी कोइलाडी गाउँपालिकाको यस वडासँगै गाउँपालिकामा सङ्क्रमितको सङ्ख्या ७९ पुगेको गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिनुभयो ।

राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा विष सेवन गरी उपचारका लागि भर्ना भएका लौनियाका ५० वर्षीय पुरुषमा गत साउन ९ गते कोरोना भेटिएको थियो । उहाँकै सम्पर्क ट्रयाकिङ र ट्रेसिङ गर्दा आइतबार समुदायका २५ जनामा सङ्क्रमण पाइएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताउनुभयो । अस्पतालमा उहाँको उपचारमा खटिएका आकस्मिक कक्षमा कार्यरत राजविराज -३ का दुई स्वास्थ्यकर्मीमा समेत आइतबार सङ्क्रमण पुष्टि भएको छ । यसअघि नै एक स्वास्थ्यकर्मी र उहाँका (बिरामी) परिवारका पाँच जना र सम्पर्कका एक व्यक्तिमा सङ्क्रमण पुष्टि भइसकेको छ ।

भारत बिहारको कुनौली बजारमा किनमेलमा बढी निर्भर रहेका लौनियाँवासीको दैनिक ओहरदोहर हुने गरेको कारण त्यतैबाट सङ्क्रमण भित्रिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवको ठहर छ । सङ्क्रमित बिरामीको यात्रावृतान्त नै यस्तो रहेको उहाँले भन्नुभयो, ‘उहाँबाटै सिङ्गो बस्ती सङ्क्रमित भएको हो ।’ यस्तै, राजविराज नगरको वडा नं. ७ स्थित गुद्री हटिया र वडा नं. ६ सिरहारोड अनिश्चितकालको लागि प्रवेशमा निषेध गरिएको छ । जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ५२४ पुगिसकेको छ । नगरमा पनि सङ्क्रमितको सङ्ख्या थपिँदै गएपछि राजविराज नगरपालिकाले गत ७ गते लकडाउन र जिल्ला सुरक्षा समिति सप्तरीले गत ८ गतेदेखि अनिश्चितकालीन निषेधाज्ञा लागू गरेको छ ।

यस्तै, जिल्लाको अवस्थालाई मध्यनजर गरी खडक, डाकनेश्वरी, बोदे बर्साइन, हनुमाननगर कङ्कालिनी नगरपालिका, कृष्णसवरण, तिलाठी कोइलाडी र राजगढ गाउँपालिकाले पनि लकडाउन घोषणा गरेका छन् । ती स्थानीय तहहरूले सूचना जारी गरी हाट, बजार, मेला अर्को सूचना नभएसम्म आयोजना नगर्न भनिएको छ ।

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020





तपाईको प्रतिक्रिया