रुपन्देहीको देवदहमा रहेको क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका एक युवाले आफैमाथि आगो लगाएका छन्। रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ शित्तलनगर स्थित क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका २४ वर्षका विपिन बस्यालले शरीरमा मट्टीतेल खन्याएर आगो लगाएका हुन्।

आत्महत्या प्रयास गरेका युवाको अवस्था गम्भीर रहेको र उनको देवदह मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। देवदह नगरपालिकाका प्रमुख हिरा खत्रीले राति करिब ३ बजेतीर मट्टीतेल खन्याएर आत्महत्या प्रयास गरेको जानकारी पाएपनि आफू बाहिर रहेकोले युवाको अवस्थाबारे बुझ्न अहिले अस्पताल जाँदै गरेको बताए। देवदह वडा नम्बर ५ मितेरीटोल घर भएका विपिन कोरोना महामारी फैलिएसगै वडा नम्बर ७ शित्तलनगर स्थित मगर संघको भवनमा बनाइएको क्वारेन्टिनमा काम गर्दै आएका थिए। उनले किन आफ्नै शरीरमा आगो लगाएका हुन् भन्ने खुल्न सकेको छैन। शरीरको धेरै भाग जलेको र उनी बोल्न सक्ने अवस्थामा नरहेकोले सोधपुछ गर्न नसकिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको बारेमा अनुसन्धान सुरू गरेको बताएको छ। सेतोपाटीको सहयोगमा

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द

Gepostet von Inaruwa Online am Montag, 3. August 2020

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020

तपाईको प्रतिक्रिया