दुहबी नगरपालिकाले आज देखि लकडाउन गर्ने निर्णय गरेको छ। अतिआवश्यक काम बाहेक आज देखि २ हप्ताका लागि नगरपालिकाले सबै सेवा बन्द गरेको हो। दुहबी नगरपालिकाका एक कर्मचारी सहित ४ जनामा कोरोना संक्रमण देखिएपछि दुहबी लकडाउन गर्नु परेको दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले बताए ।

दुहबी नगरपालिकाले आज आपतकालिन बैठक बसि बिहान ८ बजे देखि १ बजे सम्म खाधान्न पसल खोल्ने निर्णय गरेको छ । नगरपालिकाले भाद्र २ गते सम्म अतिआवश्यक सेवा बाहेक पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो। निर्णय उल्लंघन गरेको पाइएमा ५ हजार जरिवाना गर्ने उल्लेख गरिएको छ । दुहबी नगरपालिकाको स्वास्थ्य शाखा बाहेक सम्पुर्ण सेवा एक हप्ताका लागि बन्द गर्ने निर्णय गरिएको हो । बैठकको निर्णयमा नगरपालिकामा कार्यरत कर्मचारी तथा स्थानियको पिसिआर परिक्षण गरिने जनाइएको छ। उद्योगको हकमा भने स्वास्थ्यको मापदण्ड पूरा गरेर मात्र चलाउन दिने निर्णय गरिएको हो ।

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द

Gepostet von Inaruwa Online am Montag, 3. August 2020

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020

तपाईको प्रतिक्रिया