इनरुवा। कोरोना भाइरसको माहामारीलाई न्युनिकरण गर्न इनरुवा नगरपालिकाले समेत नगरक्षेत्र भित्र पुर्ण लकडाउनको निर्णय गरेको छ। साउन २० गते साझ ४ बजे देखि साउनको २६ गते सम्मकालागि लकडाउनको घोषणा गरिएको हो। आज इनरुवा नगरपालिकामा सरोकारवालाहरु संगको बैठकमा नगरक्षेत्रका अतिआवश्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको नगर प्रमुख राजन मेहताले जानकारी दिए।

नगरक्षेत्र भित्र रहेका बैक तथा वित्तिय संस्थाहरु साउन २६ गते सम्मकालागि बन्द गर्ने निर्णय गरेको छ साथै सवारी साधन संचालनमा समेत रोक लगाईएको छ। बैठकले अर्को सुचना जारी नभएसम्म इनरुवा नगरपालिका तथा वडा कार्यालयहरुबाट प्रभाह हुने स्वास्थ्य तथा सरसफाई सेवा बाहेक सम्पुर्ण सेवाहरु पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ। इनरुवा बजारक्षेत्रका एक जना व्यवसायिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि त्यसलाई नियन्त्रण गर्न र अन्य व्यक्तिमा संक्रमण फैलिन नदिनका लागि नगरक्षेत्र भित्र रहेका सबै प्रकारका पसल व्यवसायहरु लगायतका सम्पूर्ण सेवाहरु पुर्ण रुपमा बन्द गर्ने निर्णय आज बसेको बैठकले गरेको छ । बैठकमा इनरुवा नगरक्षेत्र भित्र रहेका सबै सरकारी कार्यालयहरुलाई जोखिम न्युनिकरणकालागि तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरेर मात्र कार्यालय संचालन गर्न स्थानिय प्रशासन मार्फत अनुरोध गर्ने निर्णय गरेको छ।

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द

Gepostet von Inaruwa Online am Montag, 3. August 2020

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020

तपाईको प्रतिक्रिया