काठमाडाैं। कोरोना भाइरसको त्रास सम्भवतः अब धेरै रहने छैन । यसलाई रोक्ने सम्भावित खोपहरू विश्वभर विकसित भइरहेका छन् । रुसी अनुसन्धान केन्द्र गमल्याया इन्स्टिच्युटले खोपको क्लिनिकल परीक्षण सकाइसकेको र यसको दर्ताका लागि प्रक्रिया पूरा गर्ने तयारीमा रहेको जनाएको छ । रुसी वैज्ञानिकहरूले उक्त खोपको प्रारम्भिक परीक्षण पूरा भइसकेको र यसका परिणामहरू सफल आएका बताएका छन् । यो खोप ‘भेक्टर भ्याक्सिन’ हो । यसले अन्य भाइरसहरूलाई प्रयोग गरी डीएनए इनकोडिङमार्फत आवश्यक प्रतिरक्षा कोषिका उत्पादन गरी उपचारमा सहयोग गर्छ । गत साता अक्सफोर्ड युनिभर्सिटीकी प्राध्यापक सेरा गिल्बर्ट विश्वभर निकै चर्चामा रहिन् । तीन सय जनाको ठूलो समूह बनाएर कोरोना भाइरस विरुद्धको खोप बनाउने अभियानमा नेतृत्व गरिरहेकी गिल्बर्टको समूहले ‘ठूलो सफलता पाएको’ बताइएको छ । सामान्यतया खोप विकासमा पाँच वर्ष लाग्ने चरणहरू गिल्बर्टको समूहले चार महिनामै पूरा गरेको थियो । उनको समूहले १ हजार ७७ जनामा खोपको क्लिनिकल परीक्षण गरिरहेको छ ।

उनीहरूले परीक्षण गरेको खोप मानव स्वास्थ्यका लागि सुरक्षित रहेको र कोरोना भाइरसविरुद्ध प्रतिरोधी क्षमता विकासमा मद्दत पुगेको बीबीसीले जनाएको छ । चिम्पाञ्जीलाई रुघाखोकी लाग्नमा जिम्मेवार एक भाइरसको अनुवांशिक सुधार गरेर बनाइएको यो खोप बेलायतले अहिले नै १० करोड मात्रा (डोज) माग गरिसकेको छ । भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) ले आगामी १५ अगस्टमा पर्ने स्वतन्त्रता दिवसमा कोरोनाविरुद्ध खोप मानिसमा प्रयोगका लागि ल्याउने योजना अघि सारेको थियो । खोप विकासको प्रक्रियागत चरण र मापदण्ड पूरा नगरी हतारमा खोप ल्याउन खोजेको भन्दै व्यापक विरोध भएपछि उक्त संस्थाले ‘समयसीमा नतोकिएको’ स्पष्टीकरण दिए पनि खोपको तयारी तीव्र पारिरहेको छ । चीनमा कोरोना भाइरसविरुद्ध बनिरहेको खोपमध्ये एउटा सन् २०२० भित्रै मानव प्रयोगका लागि तयार हुन सक्ने समाचारहरू आएका छन् ।

उक्त चिनियाँ कम्पनीले संयुक्त अरब इमिरेट्समा तेस्रो चरणको मानव परीक्षण गरिरहेको छ । अर्को कम्पनीले ब्राजिलमा त्यही विधिमा परीक्षण गरिरहेको जनाएको छ । जर्मनी, अस्ट्रेलिया र अमेरिकामा पनि थुप्रै समूहले खोप विकासमा निकै मेहनत गरिरहेका छन् । बेलायतकै इम्पिरियल कलेजको एउटा समूहले पनि सन् २०२१ को प्रारम्भमै कोरोना भाइरसविरुद्ध मानिसमा प्रयोग गर्न सक्ने गरी खोप विकास गरिरहेको छ । अहिले धेरै खोपहरू भाइरसलाई परिमार्जित गरेर वा त्यसलाई निस्तेज पारेर बनाइँदै छ । भाइरसको अंश प्रयोग गरेर पनि यस्तो खोपको विकास भइरहेको छ । तर यो समूहले कोरोना भाइरसको नक्कल गर्ने कृत्रिम अनुवांशिक संरचना ‘निर्माण’ गरेर खोप बनाउन प्रयोग गरेको छ । अहिले विश्वभर करिब २०० वटा समूहमा अनुसन्धानकर्ताहरू कोरोना भाइरसविरुद्धको खोप बनाउनमा लागिपरेका छन् । त्यसमध्ये १८ वटा खोप मानवमा परीक्षण भइरहेका छन् । २२ वटा सम्भावित खोप क्लिनिकल परीक्षणको चरणमा छन् भने १०० भन्दा धेरै खोप प्रारम्भिक अनुसन्धानकै चरणमा छन् ।

धेरैले चाँडोमा सन् २०२१ को मध्येतिरमात्रै संसारले पर्याप्त खोप प्राप्त गर्न सक्ने आँकलन गरेका छन् । कोरोना भाइरसविरुद्ध खोपमा बौद्धिक सम्पत्तिसम्बन्धी कानूनको परिपालना नगर्ने विश्व सहमति बनिसकेकाले यसको उपलब्धता चाँडो हुन सक्ने अपेक्षा छ । तर अर्बौं डोज उत्पादन गर्नुपर्ने भएकाले विकसित मुलुकले खोपको प्रयोग गरेपछि पनि गरिब देशमा लामो प्रतिक्षा गर्नुपर्ने हुन सक्छ । तथापि, त्यस्तो प्रतीक्षा अबको एक वर्षभन्दा लामो नहुने अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूले जनाएका छन् । कसरी बन्छ खोप ? खोप भनेको नयाँ औषधि बनाएर शरीरमा पठाउने होइन कि, रोग लगाउने भाइरसलाई नै शरीरमा पठाएर प्रतिरोधी क्षमता विकास गराउने पद्धति हो ।

यसका लागि सामान्यतया घातक भाइरसलाई वैज्ञानिकहरूले प्रयोगशालामा हुर्काउँछन् । प्राणीको शरीरभन्दा निकै चाँडो हुर्काउने र प्रजनन गराउने प्रक्रियाबाट भाइरसलाई कमजोर पारिन्छ । यस्तो प्रक्रियालाई वैज्ञानिकहरू ‘भाइरस कल्चर गर्ने’ भन्छन् । त्यसरी कमजोर पारिएको भाइरसलाई थोरै थोरै मात्रामा मानव शरीरमा खोपमार्फत पठाइन्छ । ताकि, त्यो भाइरसले मानव शरीरमा पूर्ण रूपमा संक्रमण गर्न नसकोस् । त्यसरी शरीरमा नयाँ भाइरस प्रवेश भएपछि शरीरले औसत दुई सातामा त्यस्तो संक्रमणविरुद्धको प्रतिरोधी क्षमता तयार पार्छ । भाइरससम्बन्धी विज्ञहरूका अनुसार मानव शरीरले त्यस्तो नयाँ भाइरससँग मुठभेड भएको तीन सातासम्ममा प्रतिरोधक क्षमता विकास गरेर प्लाज्मा (रगतमा हुने सुक्ष्म कण) सम्म पुर्‍याउँछ । रामकला खड्का र विनय बञ्जाराले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

Gepostet von Inaruwa Online am Dienstag, 4. August 2020

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द

Gepostet von Inaruwa Online am Montag, 3. August 2020

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020

तपाईको प्रतिक्रिया