- अमर काफ्ले

कोरोना संक्रमणको जोखिम थप बढ्दै गएपछि सुनसरीलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले बढ्दो जोखिम कम गर्न भिडभाड रोक्न आवश्यक भएको निष्कर्श सहित निषेधित क्षेत्र घोषणा गरेको हो । प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलका अनुसार साउन २६ गते सम्मकालागि जिल्लाभर निषेधित क्षेत्र लागु रहने छ ।

प्रजिअ पोखरेलले स्वाब संकलनको दायरा बढाउँदै जाँदा संक्रमितको संख्या समेत थपिने क्रम बढेकाले सुरक्षात्मक उपाय अपनाउन निषेधित क्षेत्र घोषणा गरिएको बताउनु भयो । सो अवधिमा अत्यावश्यक, ढुवानी र निर्माण सामग्री बोकेका सवारी साधन बाहेक अन्य चलाउन पाइने छैन् । जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवा अनलाइनलाई दिएको जानकारी अनुसार निषेधित क्षेत्रको अवधिमा सर्वसाधारणको आवतजावत पूर्ण बन्देज रहने छ । प्रशासनले सवारी संचालनका लागि कुनैपनि पास जारी नहुने समेत स्पष्ट पारेको छ । सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारी तथा अत्यावश्यक सेवाका कर्मचारीले भने आफुले प्रयोग गर्ने सवारी साधन सहित कार्यालय समय अघि र पछी आउजाउ गर्न पाउने छन् । औद्योगिक क्षेत्रले भने स्वास्थ्य सावधानी अपनाउनु पर्ने बताइएको छ । निर्णय उल्लंघन गर्ने र अटेर गरी सवारी चलाउने तथा हिंडडुल गर्नेलाई पक्राउ गरी कार्वाही गरिने समेत सुनसरी प्रशासनले जनाएको छ । प्रशासनले जारी गरेको निषेधित क्षेत्र आज राती १२ बजेदेखि २६ गते राती सम्म लागु रहने छ ।

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

Gepostet von Inaruwa Online am Dienstag, 4. August 2020

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द

Gepostet von Inaruwa Online am Montag, 3. August 2020

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020

तपाईको प्रतिक्रिया