कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि सरकारले फेरि सार्वजनिक तथा निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गरेको छ। गृहमन्त्रालयको निर्णयानुसार काठमाडौं उपत्यका र कोरोनाका २ सयभन्दा धेरै सक्रिय केस रहेका जिल्लामा सार्वजनिक तथा निजी सवारीसाधनमा भोलि (बिहीबार) देखि जोरबिजोर प्रणाली लागु गरिएको हो। गृहमन्त्रालयका प्रवक्ता तथा सहसचिव चक्रबहादुर बुढाका अनुसार अत्यावश्यकबाहेकका सबै किसिमका सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गरिएको हो। कोरोना संक्रमण धेरै देखिएका जिल्ला तथा काठमाडौं उपत्यकामा पनि राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्‍चालनमा रोक लगाउने निर्णय गरेको छ।

यसअघि चैत ११ देखि लागू गरेको लकडाउन साउन ६ गते मध्यरातदेखि हटेसँगै मन्त्रिपरिषद्को निर्णयबाट सवारीसाधनमा जोरबिजोर प्रणाली पनि खारेज भएको थियो। सरकारले गत असारमा लकडाउन खुकुलो गर्ने क्रममा उपत्यकामा जोर दिनमा जोर नम्बरका र बिजोर दिनमा बिजोर नम्बरका गाडी चलाउन दिने निर्णय लिएको थियो। लकडाउन हटेसँगै देशभर कोरोना फेरि फैलिन थालेको छ। काठमाडौं उपत्यकामा पनि दिनको ५० देखि ६० जनाका दरले संक्रमित भेटिन थालेका छन्। यस्तोमा सरकारले सडकको भीड कम गर्ने रणनीति अनुसार फेरि जोरबिजोर नियम ल्याएको हो। सरकारले लामो दूरीका सवारीसाधन अझै खोलेको छैन। सरकारले काठमाडौंमा होटल रेस्टुरेन्टहरु पनि खोल्न दिएको छ। तर होटल रेस्टुरेन्टहरुले सुरक्षा मापदण्ड पूरा नगर्दा कोरोना फैलिन सघाउ पुगेको सरकारको निचोड छ। जोरबिजोर लाउन स्वास्थ्य मन्त्रालयले एक साताअघि सिफारिस गरेको थियो।

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

Gepostet von Inaruwa Online am Dienstag, 4. August 2020

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द

Gepostet von Inaruwa Online am Montag, 3. August 2020

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020

तपाईको प्रतिक्रिया