आज कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । काठमाडौँमा एक जना तथा मोरङमा २ जना गरि थप ३ जनाको आज मृत्यु भएको हो। काठमाडौँमा मृत्यु हुनेमा सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिला रहेकी छन् । उनको बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचार भइरहेको थियो । मनमोहन अस्पतालबाट उनी १६ गते सशस्त्र प्रहरीको अस्पताल भर्ना भएकी थिइन् । उनलाई निमोनियाका साथै स्क्रब टाइफस समेत देखिएको थियो ।

त्यसैगरी, मोरङमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वुधबार कोशी अस्पतालको आइसोलेसलनमा रहेका विराटनगरका पुरुष र रंगेलीका पुरुष रहेका छन् । रंगेलीका पुरुषको अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो । उनीहरुको वुधबार दिउँसो पीसीआरको रिपोर्ट आउँदा कोभिड पोजेटिभ देखिएको कोशी अस्पतालले जनाएको छ । कलेजोमा गम्भीर समस्या भएका विराटनगर महानगरपालिका ९ का ४५ वर्षीय पुरुष मंगलबार अस्पताल भर्ना भएकामा वुधबार दिउँसो मृत्यु भएको थियो । त्यस्तै, रंगेली नगरपालिका ८ दर्बेसाका ४५ वर्षीय पुरुषको भने अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । उनमा कोरोनासँग मिल्ने लक्षण देखिएपछि परीक्षण गरिएको थियो । यससँगै प्रदेश १ मा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ जना पुगेको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ।

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

Gepostet von Inaruwa Online am Dienstag, 4. August 2020

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द

Gepostet von Inaruwa Online am Montag, 3. August 2020

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020

तपाईको प्रतिक्रिया