वीरगञ्ज – कोरोना सङ्क्रमणको हटस्पटका रूपमा वीगरञ्ज देखा परेको छ । विगत केही दिनदेखि प्रदेश २ को बारा, पर्सा, सप्तरी लगायतका जिल्लामा दैनिक ठूलो सङ्ख्यामा सङ्क्रमित व्यक्ति फेला पर्न थालेका छन् । बुधबार पर्सामा दुई जनाको मृत्यु हुनुका साथै ११६ जना नयाँ कोरोना सङ्क्रमित थपिए । यीमध्ये अधिकांश वीरगञ्जका छन् । योसँगै पर्सामा सङ्क्रमितको सङ्ख्या ७३० पुगेको छ भने सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ ।

यस्तै बारामा १७ र महोत्तरीमा १४ जना सङ्क्रमित थपिएका छन् । बढ्दो सङ्क्रमण र समुदाय स्तरमै सङ्क्रमण देखिन थालेपछि वीरगञ्ज महानगर लगायत धेरै स्थानीय तहले निषेधाज्ञा जारी गरेका छन् । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर र महोत्तरी गाउँपालिकामा लगाइएको निषेधाज्ञाको अवधि बढाइएको छ । पर्सामा कोरोनाले थप दुई जनाको मृत्यु भएको छ । उपचार गराइरहेका वीरगञ्ज महानगरपालिका–१५ का ४६ वर्षीय सङ्क्रमित पुरुषको बुधबार बिहान मृत्यु भएको हो । यसैगरी झाडापखाला लागेर सोमबार मृत्यु भएकी पर्साकी एक १८ वर्षीया युवतीमा मृत्युपश्चात् गरिएको स्वाब परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

Gepostet von Inaruwa Online am Dienstag, 4. August 2020

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द

Gepostet von Inaruwa Online am Montag, 3. August 2020

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020

तपाईको प्रतिक्रिया