विराटनगर। विराटनगरमा कोरोना भाइरसका १३ जना नयाँ संक्रमित थपिएका छन् । कोशी अस्पतालको प्रयोगशालमा स्वाब परीक्षण गराउँदा ५ महिला र ८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । नयाँ संक्रमितहरू विराटनगर महानगरपालिका–२, ६, ७, ८, १०, ११, र १३ नं. वडाका छन् । उनीहरुको रिपोर्ट बुधबारराति प्राप्त भएको हो ।

महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले उल्लेखित ठेगाना र नामको संक्रमित पहिचान र खोजिका लागि बिहीबार बिहानबाटै टोली खटिएको बताए । बेलुका ढिलो गरि रिपोर्ट आएको हुदाँ महानगरको टोली बिहीबार बिहानैबाट संक्रमित व्यवस्थापनका लागि खटिएको उनले बताए । संक्रमित मध्ये तीन पुरुष र एक महिलाको उमेर खुलेको छैन । अरु २४ देखि ६० वर्ष उमेरसम्मका छन् । नयाँ १३ जना थपिएसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या १८३ पुगेको छ ।

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

Gepostet von Inaruwa Online am Dienstag, 4. August 2020

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द

Gepostet von Inaruwa Online am Montag, 3. August 2020

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020

तपाईको प्रतिक्रिया