काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले तत्काल कक्षा ११ को परीक्षा सञ्चालन नगर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । अर्को निर्णय नहुँदासम्म सो परीक्षा सञ्चालन नगर्न बोर्डले निर्देशन दिएको हो । कोरोना भाइरस संक्रमणको दर बढिरहेको अवस्थालाई दृष्टिगत गर्दे बोर्डले यस्तो निर्देशन दिएको बताएको छ ।

साथै कोरोना संक्रमण न्यूनीकरण नभएको अवस्थामा परीक्षा लिनेसम्बन्धी सरकारले कुनै निर्णय नगरेको पनि बोर्डले स्पष्ट पारेको छ । भदौ १ गतेदेखि विद्यालयहरु खुला हुने सरकारको यसअघि भएको निर्णयसँगै कतिपय विद्यालयहरुले यसअघि रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी गरिरहेका थिए । तर, पछिल्लो समय संक्रमणको दर घट्नुको साटो बढिरहेकाले सरकारको अर्को निर्णय नआएको भन्दै बोर्डले परीक्षा स्थगित गर्न निर्देशन दिएको हो ।

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

Gepostet von Inaruwa Online am Dienstag, 4. August 2020

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द

Gepostet von Inaruwa Online am Montag, 3. August 2020

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020

तपाईको प्रतिक्रिया