विराटनगर । आज ३२ जना थप विराटनगरमा कोरोना संक्रमित थपिएका छन् । संक्रमित मध्ये २४ पुरुष र ८ महिलामा संक्रमण पुष्टि भएको हो । आज मात्र विराटनगरमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

विराटनगरस्थित कोसी अस्पतालमा ५८ वर्षीय पुरूषको मृत्यु भएको हो। विराटनगर-९ निवासी उनको स्वाब परीक्षण गर्दा संक्रमण पोजेटिभ देखिएको अस्पतालका प्रवक्ता लक्ष्मीनारायण यादवले जानकारी दिए। उनको शुक्रबार बिहान सवा नौ बजे अस्पताल ल्याउँदा-ल्याउँदै बाटोमै मृत्यु भएको थियो। मृत्युपछि उनको कोरोना परीक्षणको लागि स्वाब पठाइएको थियो।
मृतकका आफन्तले ती पुरूषमा निमोनिया, ज्वरो, खोकी र रक्तचापको समस्या रहेको अस्पताललाई जानकारी गराएका छन्।

हाल सम्म प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ३२२ पुगेको छ। आज मात्र मोरङमा ६४ जना संक्रमित थपिएका छन् । जसमा रंगेलीका २३ महिला र ६ पुरुष गरि २९, बुढीगंगामा २ पुरुष र कटहरीमा एक महिलामा संक्रमण पुष्टि भएको हो । प्रदेश १ मा ६७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६४, झापामा २ र सुनसरीमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको मेचीनगर र विर्तामोडमा १–१ पुरुष, सुनसरीको धरानमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

Gepostet von Inaruwa Online am Dienstag, 4. August 2020

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द

Gepostet von Inaruwa Online am Montag, 3. August 2020

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020

तपाईको प्रतिक्रिया