12167602_954464264601501_1734904816_n

२६ असोज इनरुवा
विजया दशमीको सुरुवात सँगै सुनसरीका विभिन्न देवी मन्दिरहरुमा आज सरसफाई गरिएको छ ।
घटस्थापना अर्थात जमरा राख्ने दिन देखी नवरात्रा भर हुने पुजाआजालाई मध्यनजर गर्दै देवी मन्दिरहरुमा सरसफाई गरिएको हो ।
सुनसरी सदरमुकाम इनरुवा र बबिया स्थित रहेका भगवतिका मन्दिर, देवी घर लगायतका मठ मन्दिरमा आज विहानै एकसाथ सरसफाई गरिएको हो । सामूदायिक प्रहरी सेवा सेवा केन्द्र सुनसरीको आयोजनामा सदरमुकाम स्थित रहेका दुर्गा मन्दिरहरुको सररसफाई गरिएको स्थानीय विनोद खनालले  जानकारी दिनुभयो । नेपाली सेना, नेपाल प्रहरी र सर्वसाधारण लगायतले मन्दिर परिषरको सरसफाईमा सहभागिता जनाएका थिए ।
विशेष गरी इनरुवा र बबियामा रहेका भगवति मन्दिरमा नवरात्राका अवधीभर पुजा तथा दर्शन गर्नेहरुको भिड लाग्नुको साथै मेला समेत लाग्ने गर्दछ ।

तपाईको प्रतिक्रिया