कोरोना भाइरस संक्रमणदर डिस्चार्ज हुनेको तुलनामा दिन प्रतिदिन बढ्दै गएको गएको छ । पछिल्लो एक सातामा २ हजार ६ सय ४० संक्रमित थपिएकामा डिस्चार्ज हुनेको संख्या भने १ हजार ७ सय ५० मा रहेको छ । पछिल्लो एक सातामा ५२ हजार ५ सय ३४ जनाको कोरोना परीक्षण गर्दा २ हजार ६ सय ४० संक्रमित थपिएका हुन् ।

गत सोमबार ४ सय १८ जना, मंगलबार २ सय ५९ जना, बुधबार ३ सय ८१ जना, बिहीबार ३ सय ६० जना, शुक्रबार ४ सय ६४ जना, शनिबार ३ सय ७८ जना र हिजो आइतबार ३ सय ८० संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ । संक्रमितमध्ये हालसम्म १६ हजार ३ सय ५३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सक्रिय संक्रमितको संख्या ६ हजार ५ सय ४४ रहेको छ । हाल देशभर ११ हजार ३८ जना क्वारेन्टिनमा बसेका छन् । संक्रमितमध्ये हालसम्म ७५ जनाको ज्यान गएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत सोमबार ३ सय ५८, मंगलबार ६५, बुधबार १ सय ३० जना डिस्चार्ज भएका थिए । यस्तै, गत बिहीबार २ सय ३३, शुक्रबार ४ सय २५, शनिबार ४ सय ९९ र आइतबार ४० जना डिस्चार्ज भएका छन् । पर्सा, कास्की, काठमाडौं, मोरङलगायतका जिल्ला संक्रमणको दृष्टिकोणले थप जोखिममा छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

Gepostet von Inaruwa Online am Dienstag, 4. August 2020

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द

इनरुवामा लकडाउन कडा गरिने, भगवति माविको क्वारेन्टाईन बन्द

Gepostet von Inaruwa Online am Montag, 3. August 2020

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

पानीको निकास नहुदाँ इनरुवा बजारको भित्री वस्ति डुवानमा

Gepostet von Inaruwa Online am Montag, 20. Juli 2020

तपाईको प्रतिक्रिया