- अमर काफ्ले

इनरुवा । इटहरीको होटलमा लगेर किशोरीमाथि करणी गर्ने बराहक्षेत्रका २८ वर्षिय राजकुमार यादव पक्राउ परेका छन् ।१६ वर्षीया किशोरीलाई प्रलोभनमा पारी सिद्धार्थ होटल एण्ड लजमा लगेर जबरजस्ती करणी गर्ने यादव बिराटनगरबाट पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरेन्द्रकुमार कार्कीका अनुसार जबरजस्ती करणी पश्चात फरार रहेका उनलाई मोरङ प्रहरीको सहयोगमा बिराटनगर उमहानगरपालिका ५ स्थित त्रिमुर्ती चोकबाट पक्राउ गरिएको हो । पक्राउ परेका यादव २०७८ साल साउन १३ गतेको जबरजस्ती करणी घटना पश्चात फरार थिए । फरार प्रतिवादी खोजतलासको क्रममा उनी पक्राउ परेको सुनसरी प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्ति उपर सुनसरी जिल्ला अदालतबाट हिरासतमा राख्न ७ दिनको म्याद समेत थप भैसकेको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया