सुनसरी । नेकपा एमालेका सचिव तथा नव नियुक्त प्रदेश एकका मूख्य मंत्री भीम आचार्यका भाई रामप्रसाद आचार्य कोठामा मृत अवस्थामा भेटिएका छन् । आचार्य प्रदेश एकको मूख्य मंत्री बनेकै दिन उनका भाई मृत भेटिएका हुन । जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाए अनुसार आचार्य इनरुवा ३ स्थित घरको कोठा भित्र मृत भेटिएका हुन ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले भित्रबाट चुकुल लगाएको अवस्थामा आचार्य कोठा भित्र मृत भेटिएको बताए । प्रहरीका अनुसार श्रीमान र श्रीमती बेग्लाबेग्लै कोठामा सुतेका थिए । अवेर सम्म पनि श्रीमान नउठेपछि प्रहरीलाई खबर गरिएको थियो । जानकारी पश्चात पुगेको प्रहरीले कोठामा हेर्दा उनी मृत पाइएको बतायो । प्रहरीको प्ररम्भिक सूचना अनुसार रातीको समयमा रामप्रसादले आफ्नो स्वास्थ्य असहज भएको बताएका थिए । त्यस पश्चात श्रीमान श्रीमती बेग्लाबेग्लै कोठामा सुतेका थिए । स्थानीयका अनुसार रामप्रसाद डिप्रेसनमा थिए । उनी डिप्रेशनको औषधी समेत सेवन गर्ने गर्थे । घटना सम्वन्धमा सुनसरी प्रहरीले अनुसन्धान थालिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया