- अमर काफ्ले

इनरुवा । सुनसरीको रामधुनी ५ झुम्का बजारमा रहेको म्याजिक सिनेमा हलमा आगलागी भएको छ । उक्त सिनेमा हलमा विद्युत सर्ट भई आगलागी भएको अनुमान गरिएको छ । विहान साढे आठ बजेतिरबाट सुरु आगलागी नियन्त्रणमा आएको छ ।

आगो निभाउन स्थानीय सहित आसपासका पालिकाका ६ वटा दमकल प्रयोग गरिएका छन् । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका साथै स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको सुनसरी प्रहरीले जनाएको छ । आगलागीको कारण र क्षतिको आधिकारिक विवरण भने आउन बाँकी छ । चार करोड लागतमा निर्माण गरिएको सिनेमा हल कोरोना महामारीसँगै बन्द रहँदै आएको थियो ।

तपाईको प्रतिक्रिया