- अमर काफ्ले

इनरुवा। इनरुवामा अहिले सम्मकै ठूलो रथ यात्रा निकालिएको छ । राधाकृष्ण मन्दिर इनरुवा ३ बाट निस्किएको रथ यात्रा सहभागिताका आधारमा अहिले सम्मकै ठूलो हो । कोरोनाका कारण नेपालकै ठूलो रथ यात्रा निकालिने बिराटनगरमा सीमित व्यक्तिको उपस्थितिमा खट यात्रा निस्कदा इनरुवामा भने अहिले सम्मकै ठूलो रथ यात्रा निकालिएको छ ।

रथ यात्रालाई व्यवस्थित गर्ने भनिएपनि भक्तजनको भीडलाई थाम्न नसक्दा सहभागिता बाक्लो देखिएको आयोजकको ठम्याई छ । एता प्रहरी प्रशासनले भने स्वास्थ्य मापदण्डको पालना गरी सीमित व्यक्तिको उपस्थितिमा रथ यात्राको स्विकृति दिइएकोमा भक्तजनको बढ्दो भीड बढ्दा रोक्न नसकिएको जनाएको छ । रथ यात्राले नगरको विभिन्न भागको परिक्रममा गरेको थियो । रथ यात्रामा इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता र उप प्रमुख जमुना गौतम पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया