भीम आचार्यलाई उनी निकट मानिएका युवा जमात मात्रै नभएर स्वयं छिमेकीले समेत साथ छाड्न थालेका छन ।दुई दिन अघि मात्रै इनरुवामा आचार्य निकटका युवाहरुले उनको साथ छाडेका थिए । पछिल्लो पटक स्वयं आचार्यका छिमेकीले नै उनी आवद्ध दल त्यागेका छन ।आचार्यका छिमेकी इनरुवा ६ का निर्वाचित जनप्रतिनिधि राजेश दाहालले जिल्ला निर्वाचन कार्यालयमा पुगेर सनाखत नै गरिसकेका छन ।

एमाले बिभाजन पूर्व आचार्यको विश्वास पात्र रहेका दाहालले सरकारले ल्याएको दल बिभाजन सम्बन्धि अध्यादेश अनुसार नेकपा एकीकृत समाजवादी रोजेका छन ।दाहाल स्थानीय तहको निर्वाचनमा वडा नम्बर ६ बाट सदस्य तर्फ सबैभन्दा बढी मत ल्याई बिजयी भएका व्यक्ति हुन ।दाहालको घर नेकपा एमालेका सचिव तथा हालका प्रदेश एकका मुख्यमन्त्री भीम आचार्यको ठिक सामुन्नेमा पर्छ ।बिभाजन पूर्व आचार्यसँग निकै घनिष्ट सम्बन्ध बनाएका दाहालले समयको माग, जन अपेक्षा र चाहना अनुसार एकीकृत समाजवादी रोजेको बताए ।दल रोज्ने क्रममा आफुले सनाखत समेत गरिसकेको बताएका दाहालले एमालेमा रहेका जनप्रतिनिधि सहित अन्य व्यक्तिहरु समेत एकीकृत समाजवादीमा आउने क्रममा रहेको बताए ।उनले जनप्रतिनिधिको हकमा दल रोज्ने समय भोली सम्म रहेकाले आउन चाहनेलाई स्वागत गर्न तयारी अवस्थामा रहेको बताए ।दुई दिन अघि मात्रै एकीकृत समाजवादीले इनरुवामा प्रथम नगर भेलाको आयोजना गरेको थियो । सो भेलामा आचार्यकै वडा र नगर क्षेत्रका अगुवा नेता तथा ठूलो संख्याका युवाले उनको साथ छाडेका थिए । मुख्यमंत्री बनेका आचार्य यतिबेला कुर्सी जोगाउन संघर्षरत छन । प्रदेशमा आचार्यको मुख्यमन्त्रीको पद धरापमा पर्दा आफ्नै टोल तथा वस्तीमा समेत उनले एकपछि अर्को गर्दै पुराना साथीसंगत तथा राजनैतिक सहकर्मी गुमाउदै गएका छन ।

तपाईको प्रतिक्रिया