योगेन्द्रप्रसाद मेहताले नेपाली कांग्रेसको इनरुवा नगर सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन । पत्रकार सम्मेलनको आयोजना गरी १४औं नगर अधिवेशनमा मेहताले सभापति पदमा आफ्नो दाबेदारी पेश गरेका हुन । उम्मेदवारी घोषणासँगै मेहताले नगर प्रमुख समेत रहेका हालको नगर सभापति राजन मेहतालाई नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन । उनले आफुलाई समर्थन गरी निर्विरोध निर्वाचित गराउन मेहता समक्ष आग्रह समेत गरेका छन ।

पत्रकारहरुसँग बोल्दै मेहताले एकै व्यक्ति एउटा पदमा लामो समय बसिरहनु पार्टी संगठनको मर्म विपरित हुने बताएका छन । उनले नगर भित्र नेतृत्व परिवर्तनको आवश्यक महसुस गरिएकाले सहज रुपमा नेतृत्व हस्तान्तरण गरिनु उपयुक्त हुने बताए ।योगेन्द्र मेहताले आशन्न १४औं नगर अधिवेशनमा कांग्रेस नगर सभापतिमा उम्मेदवारी घोषणा गर्दैगर्दा यस पटक भने आफ्नो उम्मेदवारी फिर्ता नहुने स्पष्ट पारेका छन ।उनले आफु निर्वाचित भएमा सबैलाई समेटेर पार्टी हीतमा अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन । नगर अधिवेशन भदौ २७ गते हुदैछ ।

तपाईको प्रतिक्रिया