इनरुवा माघ १०/ चिसोका कारण सुनसरीमा एक वृद्धको ज्यान गएको छ । नरसिंह १ का ६० वर्षिय इब्राहिक मन्सुरीको चिसोका कारण कठयाङिग्रएर ज्यान गएको हो । इटहरी पुगेका मिया दिउसो चिया पिउन पसलमा उभिरहेको अवस्थामा वेहोस भई लडेका थिए । जाडोले काम्दै गरेका वृद्ध मियालाई वेहोस अवस्थामा उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको सुनसरी प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया