- अमर काफ्ले

इनरुवा । राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीले लौकहीमा छापा मारेर ठूलो परिमाणमा चिनी बरामद गरेको छ । अनुसन्धान अधिकृत दिपक खड्का नेतृत्वको टोलीले छापा मारेर ठूलो परिमाणको चिनी सहितका खाद्यान्न सामाग्री बरामद गरेको हो । सुराकीका आधारमा हिजो साँझ सिल गरिएको पसलमा राजश्वको टोलीले आज पुगेर छापा मारेको हो ।

कोशी गाउँपालिका १ लौकहीमा रहेको निशा किराना पसलमा सशस्त्र प्रहरी सहित पुगेको राजश्वको टोलीले छापामारी गरी चिनी सहितका खाद्यान्न बरामद गरेको हो । छापामारीको क्रममा सो पसलबाट ७८ बोरा चिनी सहित तेल, बिस्कुट लगायतका खाद्यान्न सामाग्री बरामद भएको राजश्व कार्यालयका अधिकृत शिव निरौलाले जानकारी दिए । उनले भन्सार छलेर ल्याएको सामान स्टोर गरी बिक्रि गर्ने गरेको गुनासोको आधारमा उक्त पसलमा छापा हानिएको बताए । निरौलाले सामान बरामद पश्चात सो समवन्धमा अनुसन्धान अघि बढाइएको बताए ।

तपाईको प्रतिक्रिया