- बिरेन्द्र शाह

इनरुवा। दुई हप्ता बिती सक्दा पनी खाली गराउन सकेन वडा कार्यालयले बजारक्षेत्रको मुख्य सडकपेटी। इनरुवा वडा नं. १ को कामकार्वाही कागजमै सिमित भएको देखिन्छ। मुख्य सडकपेटी खाली गर्ने इनरुवा नगरपालिका वडा नं. १ कार्यालयले मिती २०७८।०५।१० गते जारी गरेको सुचनाले आज दुई हप्ता पुरा गरि सक्दा पनि कुनै प्रकारको सुचना अनुसारको गतिबिधि नभएको स्थानियहरुको भनाई छ।

पैदल यात्रुलाई आवत जावत गर्न असहज भएको हुँदा सुचना प्रकासित भएको मितिले सात दिन भित्र सडकपेटी खाली गर्न सुचनामा उल्लेख भएतापनि सो अनुसारको काम नभएको प्रष्ट देख्न सकिन्छ। स्थानियका अनुसार वडा कार्यालयले सुचना प्रकासित गरेर आफ्नो जिम्मेवारी मात्र पुरा गरिएको देखियो।

इनरुवा नगरपालिका वडा नं. १ का वडाअध्यक्ष द्वारा हस्ताक्षरित उक्त सुचनाले अब बजारक्षेत्रको सडकपेटीमा केहि परिवर्तन आउनेमा सर्वसाधरण विश्वस्त थिए तर आज दुई हप्ता बितिसक्दा बिनि अवस्था जस्ताको तेस्तै हुदा स्थानियको मन खिन्न भएको छ। अब केही दिनमा नै यस कार्यकालागि नगर प्रहरी खटाउने इनरुवा नगरपालिका वडा नं. १ का वडाअध्यक्षको भनाई छ। इनरुवा अनलाईन संगको कुराकानीमा वडाअध्यक्षले सडकपेटी खाली गर्ने विषयको समयसमा किटान गर्न चाहेन्न।

प्राय जसो बिहान, बेलुका इनरुवाको मुख्य बजारक्षेत्र निकै नै भिडभाड हुने गरेको हुन्छ । चाँडबाड नजिकिदै जादा मुख्य बजारक्षेत्रमा किनमेल गर्ने पैदलयात्रुको चाप थपिदै जाने हो यस्तो अवस्थामा आवतजावतलाई अवरोध गरि राखिएको सामाग्रिले सर्वसाधारणलाई सकस हुने निश्चित छ।

तपाईको प्रतिक्रिया