TOP-20-countries-by-the-level-of-infection१० माघ, काठमाडौं/ नेपालमा प्रयोग हुने ६५ प्रतिशत डिभाइसमा भाइरस संक्रमण भएको पाइएको छ । साथै नेपालमा इन्टरनेटमार्फत भाइरस इन्फेक्सन हुने सम्भावना समेत उच्च देखिएको छ ।

एन्टीभाइरस निर्माता कम्पनी क्यास्पर्स्कीले २०१५ को सुरक्षा प्रतिवेदन सार्वजनिक गरेको छ । हालै सार्वजनिक भएको उक्त प्रतिवेदन अनुसार भाइरस संक्रमण बढी हुने देशहरुको सूचीमा नेपाल आठौं नम्बरमा छ । नेपालको ६५.१० प्रतिशत डिभाइसमा संक्रमण भइसकेको उसको दाबी छ ।

यो सूचीमा भियतनाम शीर्ष स्थानमा छ । त्यहाँको ७०.८३ प्रतिशत डिभाइसमा संक्रमण देखिएको छ । त्यसपछि क्रमशः बंगलादेश (६९.५५), रुस (६८.८१), मंगोलिया (६६.३०), अर्मेनिया (६५.६१), सोमालिया (६५.२२) र जोर्जिया (६५.२०) छन् ।
क्यास्पर्स्कीको प्रतिवेदन अनुसार इन्टरनेटमार्फत भाइरस संक्रमणको उच्च जोखिम भएका देशहरुको सूचीमा समेत नेपाल १२ औं स्थानमा परेको छ । सो सूचीमा रुस शीर्ष स्थानमा छ । क्यास्पर्स्कीको एन्टिभाइरस प्रोग्रामले डिटेक्ट गरेर पठाएको रिपोर्टका आधारमा यो प्रतिवेदन तयार पारिएको हो । साथै १० हजारभन्दा प्रयोगकर्ता भएको देशलाई मात्र अध्ययन प्रतिवेदनमा समावेश गरिएको छ ।

तपाईको प्रतिक्रिया