इनरुवा । इनरुवा नगर प्याब्सनले नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । नगर प्याब्सनको दोस्रो अधिवेशनले रमेश प्रसाद गुरागाईको अध्यक्षतामा ७ सदस्यीय कमिटी चयन गरेको हो । चयन पदाधिकारी तर्फ सचिव गंगाराम मण्डल र कोषाध्यक्ष लोक नारायण मेहता रहेका छन । त्यसैगरी सदस्यहरु तर्फ सन्तोष भट्टराई, असफाक आलम, हरिशरण साह र करुणा श्रेष्ठ चयन भएका छन ।

जनक स्मृति मा.बि.इनरुवामा सम्पन्न अधिवेशनले नेतृत्व सर्वसम्मत चयन गर्ने सहमति जुटाएको थियो । नगर प्याब्सन अध्यक्ष मनोज यादवले सबैबाट प्राप्त राय र सुझावका आधारमा नयाँ कमिटी सर्वसम्मत चयन गरिएको बताए । इनरुवा नगर प्याब्सनले प्याब्सनका केन्द्रीय सल्लाहकार शंकर थापाको प्रमुख आतिथ्यतामा अधिवेशन आयोजना गरेको थियो । सो कार्यक्रमका वक्ताहरुले कोरोना महामारीका कारण थला परेको संस्थागत बिद्यालय तङग्रिन नसकेको भन्दै दुखेसो पोखेका छन । उनीहरुले राज्यले हेर्ने दृष्टिकोणमा समेत फरक पर्दा संस्थागत बिद्यालय संचालनमा कठिनाइको सामना गर्नु परिरहेको बताए । अधिवेशन मार्फत चयन नयाँ कमिटीका पदाधिकारीहरुलाई नेतृत्व हस्तान्तरण गरिएको कार्यक्रमका सभापति मनोज यादवले बताए । इनरुवा नगर प्याब्सनमा नगर भित्रका २५ बिद्यालय समावेश छन ।

तपाईको प्रतिक्रिया