- अमर काफ्ले

जेसीजको एरिया ए सम्मेलन असोज ६ र ७ गते इनरुवामा हुने भएको छ । सम्मेलन यस अघिको निर्धारित तालिका भन्दा दुई दिन अघि सरेको हो । सोही अनुरुप इनरुवा जेसीजले एरिया ए सम्मेलनको तयारी समेत थालेको छ ।

तयारी अन्तिम चरणमा पुगेको बताउने जेसीज इनरुवाका अध्यक्ष सम्यम कोइरालाले एरिया ए सम्मेलनमा ४१ वटा शाखाको सहभागिता रहने जानकारी दिए । शाखा अध्यक्ष सहितका पदाधिकारी, नेपाल जेसीजका अफिसर, अन्य क्षेत्रका शाखा अध्यक्ष तथा पूर्व पदाधिकारीहरुकोे एरिया ए सम्मेलनमा सहभागिता रहने कोइरालाले बताए ।सम्मेलन निर्देशक चन्दन यादबका अनुसार एरिया ए सम्मेलन अथक प्रयास र मेहनत पश्चात इनरुवामा आयोजनाको अवसर जुटेको हो । उक्त अवसरलाई सदुपयोग गर्दै एरिया ए सम्मेलनलाई सफलता पूर्वक सम्पन्न गराउन आफुहरु लागिपरेको यादबले बताए ।

इनरुवाका पूर्व जेसीज अध्यक्ष लगायतको उपस्थिति रहने सम्मेलनमा शाखा गतिविधि समिक्षा सहित आगामी कार्य योजना तय गर्ने र महाधिवेशन तयारी जस्ता विषयमा छलफल हुने बताइएको छ ।आयोजकले दिएको जानकारी अनुसार एरिया ए सम्मेलनको कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।इनरुवामा आयोजना हुने जेसीजको एरिया ए सम्मेलनलाई आयोजकले नगरको पहिचान र प्रवद्र्धनका लागि कोशेढुङ्गाका रुपमा लिएको छ । इनरुवा जेसीजले कोरोना महामारीलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्ड अपनाएर सम्मेलन आयोजना गरिने जनाएको छ ।

तपाईको प्रतिक्रिया