असोज ९ गते हुने १४ औं नगर अधिवेशनको लागि इनरुवाकी कांग्रेस नेतृ बिनिता दाहालले नगर उपसभापति पदमा दाबेदारी पेश गरेकी छिन । दाहालले पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो उम्मेदवारी घोषणा समेत गरेकी छिन । उनले महिला अधिकार सुनिश्चितताको लागि आफ्नो उम्मेदबारी रहेको बताइन ।

नगर कमिटीमा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्दै पार्टीलाई थप उर्जाका साथ अघि बढाउनु आफ्नो मूल एजेण्डा रहेको दाहालले बताइन ।पत्रकारहरुसँग कुरा गर्दै दाहालले आफ्नो सकृयता र योगदानलाई पार्टीले मूल्याङ्कन गर्नेमा विश्वस्त रहेको समेत बताइन ।

तपाईको उम्मेदवारी कुन खेमा भन्ने पत्रकारको प्रश्नमा उनले आफुलाई सिङ्गो कांग्रेस पार्टीको प्रतिनिधिका रुपमा रहेको बताइन ।दाहालले आफु पार्टी पंक्तिसँग निरन्तर छलफलको क्रममा रहेको बताउँदै नेतृत्वको सुझाव अनुसारै उम्मेदवारी घोषणाको निर्णयमा पुगेको बताइन । दाहालले पत्रकार सम्मेलन मार्फत आशन्न नगर अधिवेशनमा मत दिन मतदाताहरु समक्ष आग्रह समेत गरेकी छिन ।दाहाललाई इनरुवा कांग्रेस वृतमा भावी उपमेयरको आकांक्षीका रुपमा लिने गरिन्छ । सो प्रशंगमा उनले मुस्कुराउँदै पार्टीले अवसर दिए पछि नहट्ने प्रतिकृया दिइन ।

तपाईको प्रतिक्रिया