- अमर काफ्ले

इनरुवा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएका सुनसरीका जिसस प्रमुख गोपाल राजभण्डारीले सुधारका कामलाई प्राथमिकतामा राख्न निर्देशन दिनु भएको छ । कार्यालयमा डाकिएको व्यवस्थापन समितिको बैठकमा राजभण्डारीले अस्पताल भित्रको बेथिति अन्त्य गर्दै कानून संगत अघि बढ्न कर्मचारीलाई निर्देशन दिनु भएको हो । अस्पताल सुधारका विषयमा चालिएका प्रयासहरु सार्वजनिक गर्दै समस्याका सवालमा के कति कारण हो । अविलम्ब टुङ्गोमा पुग्न वहाँको निर्देशन छ ।

राजभण्डारीले रोकिएका र अघि बढ्न नसकेका पदपूर्ति लगायतका अन्य विषय र प्रकृया समेत न्यायोचित ढङ्गले अघि बढाउन  निर्देशन दिनु भएको छ । व्यवस्थापन समितिको अध्यक्षको हैसियतमा आफु अस्पताल सुधार र गुणस्तरीय उपचार सेवा प्रवाहको विषयमा लागिपरेको राजभण्डारीको भनाई छ । वहाँले अस्पताल सुधारका लागि एक व्यक्ति मात्रको प्रयास सम्भव नहुने भएकाले सबै मिलेर अघि बढ्न आवश्यक रहेको बताउनु भएको छ ।बैठकमा व्यवस्थापन समितिका पदाधिकारी सहितको उपस्थिति रहेको थियो । सो बैठकले इनरुवा अस्पताल भित्र देखिदै आएका र जेलिएका समस्या समाधानको प्रयास अविलम्ब अघि बढाउन आवश्यक रहेको ठहर गरेको छ ।बैठकमा सहभागिहरुले एक साता भित्र ठोस उपलब्धि हात लाग्ने गरी कार्य अघि बढाउने बिषयमा सहमति समेत जुटाएको छ । सोही अनुरुप आवश्यक कर्मचारी भर्ना आव्हान गर्ने, सेवा, सुविधा लगायतका विषय आपसी सहमतिमा टुङ्ग्याउने र समग्र अस्पताल सुधार तथा व्यवस्थापनका सवालमा काम अघि बढाउने बताइएको छ ।अस्पताल सुधार संघर्ष समितिले चरणवद्ध आन्दोलनका कार्यक्रम अघि बढाउँदै गर्दा व्यवस्थापन समितिको बैठकले ठोस उपलब्धि हात लाग्ने गरी कामकाज अघि बढाउन अस्पताल प्रशासनलाई निर्देशन दिएको हो ।

तपाईको प्रतिक्रिया