- अमर काफ्ले

अस्पताल सुधार संघर्ष समितिले मंगलबार दिउसोबाट पून: धर्ना थालेको छ । चरणवद्ध आन्दोलनका कार्यक्रम अघि बढाउदै आएको संघर्ष समितिले माग सुनुवाई नभएको भन्दै आजबाट पून: धर्ना थालेको हो ।


इनरुवा अस्पताल सुधारको मूख्य एजेण्डा राखी आन्दोलन चर्काउदै आएको समितिले यसअघिका बाचा र सहमतिका बुंदा कार्यान्वयन नभएकाले दबाब मूलक कार्यक्रमलाई निरन्तरता दिइएको जनाएको छ । इनरुवा बजारमा रहेको इनार चोकमा धर्ना थालेको संघर्ष समितिले धर्ना कार्यक्रम एक हप्ता सम्म चल्ने जनाएको छ । उसले एक घण्टाबाट थालिएको धर्नाको समय क्रमशः बढाउदै लगिने जनाएको छ ।

धर्ना कार्यक्रम आफुहरुको रहर नभई इनरुवा अस्पताल सुधारका लागि भएकाले निरन्तरता दिइने संघर्ष समितिका संयोजक दिलिप साहले बताए । उनले अबको आन्दोलन निर्णायक हुने विश्वास समेत व्यक्त गरे ।संघर्ष समितिले मूख्य बजार क्षेत्रको सडकमा धर्ना दिएको थियो । साँगुरो सडकमा पाल टाँगेर धर्ना दिइएका कारण सो भेग भएर गुड्ने सवारी साधनका चालकले असहज महसुस गरेका थिए ।प्रहरीले आवागमनमा बाधा पुग्ने गरी पाल टाँगेर बाटोमा धर्ना बस्न नदिने भनेपनि धर्नाकारीले निर्धारित समय सडकमै धर्ना दिएका थिए ।

तपाईको प्रतिक्रिया