इनरुवा। जेसीजको एरिया ए सम्मेलन आजबाट सुनसरीमा सुरु भएको छ । एरिया ए अन्र्तगतका ४१ वटा शाखाका प्रमुख सहितको उपस्थितिमा इनरुवामा सुरु सम्मेलन भोलि सम्म चल्ने छ । सम्मेलनमा जेसिआई सिनेटर अरुणेश्वर खनाल, एरिया ए का निरुपित कार्यकारिणी उपाध्यक्ष सिनेटर अरुणकुमार दाहाल लगायतको उपस्थिति रहेको छ ।

सम्मेलनको प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता तथा इनरुवा जेसीजका वर्ष १९९६ का अध्यक्ष राजिब कोइरालाले उद्घाटन गर्नु भएको छ । इनरुवाले एरिया ए सम्मेलन निकै लामो प्रयास पश्चात आयोजना गरेको हो । सम्मेलन निर्देशक जेसी चन्दन यादवले एरिया ए सम्मेलन इनरुवाका लागि खास र महत्वपूर्ण रहेको बताए । सम्मेलन आयोजक इनरुवा जेसिजका अध्यक्ष जेसी संयम कोइरालाका अनुसार दुई दिन सम्म चल्ने सम्मेलनले एरिया ए को आगामी सम्मेलन आयोजक टुङ्गो लगाउनुका साथै शाखा गतिविधि समिक्षा सहित आगामी कार्य योजना र महाधिवेशन तयारी जस्ता विषय केन्द्रित छलफल चलाउने छ ।

तपाईको प्रतिक्रिया