नगर सभापति सहित तीन पद टुङ्गो लगाउन इनरुवामा यतिबेला मतदान भैरहेको छ ।यो समाचार तयार पार्दै गर्दा सम्म २ सय जनाले मत खसालेका छन । निर्वाचन अधिकृत देवनारायण यादवका अनुसार तीन बजे भित्र मतदान केन्द्र प्रवेश गर्ने मतदाताले मत खसाल्न पाउने छन ।

४ सय १८ मतदाताले  चुनावी प्रकृयाबाट सभापति सहित उपसभापति र सचिवको टुङ्गो लगाउने छन ।सभापतिमा राजन मेहता, योगेन्द्र प्रसाद मेहता र सितोष पोखरेल प्रतिष्पर्धामा छन । आन्तरिक रुपमा पोखरेलले योगेन्द्र मेहतालाई समर्थन जनाएको बताउने मतदाताहरुले राजन मेहता र योगेन्द्र बिच प्रतिष्पर्धा देखिएको बताउँछन ।

उपाध्यक्ष पदमा भने ५ जना मैदानमा देखिएका छन । विनिता दाहाल, मो. इमताज, दिपक कुमार सुवेदी, बौवालाल मेहता र प्रदीप ढकाल मध्ये २ जना निर्वाचित हुने छन ।यसैगरी नगर काँग्रेसको सचिव पदको दौडमा रहेका तीनजना प्रतिष्पर्धीहरु राकेश निरौला, सन्तोष शर्मा र खेमराज थापा मध्येबाट दुईजना छानिने छन ।


तपाईको प्रतिक्रिया