- बिरेन्द्र शाह

इनरुवा। नेपाली काँग्रेसको १४ औं महाधिवेशन तालिका अनुसार भएको नगर अधिवेशनबाट इनरुवा नगर सभापति पदमा राजन मेहता निर्वाचित भएका छन। राजन मेहताले कुल २१९ मत प्राप्त गरेका छन भने उनका प्रतिद्वन्दि योगेन्द्र मेहताले ७९ र सितोष पोखरेलले ६९ मत प्राप्त गरेका हुन।

त्यसैगरि उपसभापति पदमा प्रदिप ढकाल तथा विनिता दाहाल निर्वाचित भएको हो। प्रदिप ढकालले कुल २३२ मत तथा विनिता दाहालले कुल १८४ मत प्राप्त गरेका हुन। दाहाल तथा ढकालका प्रतिद्वन्दि बौवालाल मेहता १६९, दिपक कुमार सुवेदी ६८ र मो. इमताज १९ मत प्राप्त गरेको हो। आजै भएको निर्वाचनबाट सचिब पदमा राकेश निरौला तथा खेमराज थापा निर्वाचित भएका हुन। राकेश निरौलाले २५९ मत प्राप्त गरका छन भने खेमराज थापाले २०८ मत प्राप्त गरि निर्वाचित भएका हुन।

तपाईको प्रतिक्रिया