- अमर काफ्ले

इनरुवा नगर सभापतिमा पूनः राजन मेहता निर्वाचित भएका छन । मेहता नेपाली काँग्रेसको १४ औं नगर अधिवेशनबाट सभापतिमा अत्याधिक मतका साथ बिजयी भएका हुन । राती समपन्न मत परिणाम अनुसार मेहता अन्य प्रतिष्पर्धी सामू निकै हाबी देखिएका छन । मेहता हराउन गुटबन्दी गरिएको र प्रतिष्पर्धीले अडान नछाडेकाले यस पटकको चुनावी परिणाम चासोको विषय बनेको थियो । यद्यपि, नतिजाले भने इनरुवा काँग्रेसमा पूनः राजनकै दबदबा देखाएको छ ।

निर्वाचनबाट प्राप्त परिणामले समेत सभापतिमा निर्वाचित मेहताको मत भार अन्यको दाँजोमा एकपक्षीय देखिएको छ । नगर प्रमुख समेत रहेका राजनले २ सय २९ मत ल्याउँदा निकटतम प्रतिष्पर्धी मानिएका योगेन्द्र प्रसाद मेहताले मात्र ७९ मत पाएका छन । त्यसैगरी सितोष पोखरेलले ६९ मत ल्याएका छन । भारी मतका साथ बिजयी बनेका मेहता कांग्रेसको विधान सम्मत दोस्रो कार्यकालको लागि निर्वाचित बनेका हुन । समग्रमा भने नगर सभापति पदमा राजन मेहताको यो तेस्रो जीत हो । यसैगरी प्राप्त मत परिणाम अनुसार इनरुवा काँग्रेसको उपाध्यक्ष तर्फ प्रदिप ढकाल र विनिता दाहाल निर्वाचित भएका छन । त्यसैगरी सचिवमा राकेश निरौला र खेमराज थापा बिजयी भएका छन । अन्य पदमा भने यसअघिनै निर्विरोध भैसकेको छ ।

तपाईको प्रतिक्रिया