- बिरेन्द्र शाह

इनरुवा नगरपालिकामा भोली देखि तालाबन्दी गर्ने भएको छ। नेपाल राष्ट्रिय प्रारम्भिक बालविकास शिक्षक तथा विधालय कर्मचारी संघर्ष समिति इनरुवा सुनसरीले नगरपालिकामा तालाबन्दी गर्ने जनाएको छ। नगरपालिकाको मुलढोकामा तालाबन्दी गर्ने जानकारी सहितको पत्र उक्त संघर्ष समितिले नगरपालिकामा दर्ता गराएको हो। आफुहरुको जायज माँगको उचित सम्बोधन नभएको भन्दै बाध्य भएर तालाबन्दी गर्नु पर्ने अवस्था आएको बाल बिकास शिक्षककी अध्यक्ष सोनु राना मगरले बताईन।

नगर प्रमुख तथा प्रमुख प्रशासकिय अधिकृतलाई सम्बोधन गरि लेखिएको उक्त पत्रमा यस इनरुवा नगरपालिका अन्तर्गतका सम्पुर्ण सरकारी।सामुदायिक विधालयहरुमा कार्यरत प्रारम्भिक बालबिकास शिक्षक तथा विधालय कर्मचारीहरुको हकहितकालागि गठित संघर्ष समितिद्वारा दोस्रो चरणको आन्दोलनका क्रममा आज मिति: २०७८।६।११ गते सम्म इनरुवा नगरपालिकाको नगर प्रमुख ज्युबाट हाम्रो माग सम्बन्धमा कुनै किसिमको सम्बोधन नभएकोले भोलि मिति: २०७८।६।१२ गते मंगलबारका दिन बिहान नौ बजे देखि माग पुरा नहुन्जेल सम्म अनिश्चितकालिन नगरपालिकाको मुलढोकामा तालाबन्दी गर्ने व्यहोरा जानकारीकालागि अनुरोध छ भनि उल्लेख गरिएको छ। दर्ता नं. १२२४ राखि आजै सो पत्र नगरपालिकामा दर्ता गरिएको हो।

बिगत केहि दिन देखि इनरुवा नगरपालिकाका बालबिकास शिक्षक तथा विधालय कर्मचारीहरुले तलबवृधिको मुख्यमाग राख्दै दोस्रो चरणको आन्दोलन थालेका हुन। आन्दोलित पक्षले सरकारले दिने भनेको १५ हजार तलब इनरुवा नगरपालिकाले तत्कालैबाट कार्यान्वयनमा नल्याए भन्दै आन्दोलनमा उत्रिएकाहुन। सरकारी घोषणा अनुसार ६ हजार तलब बुझ्दै आएका बालबिकास केन्द्रका शिक्षक कर्मचारीको हकमा २ हजार सरकारले ब्यहोर्ने भनिएको छ । बढाइएको रकमको बाँकी ७ हजार भने स्थानीय तहले उपलब्ध गराउनु पर्ने भनिएको छ । इनरुवा नगरपालिकाले भने स्रोत अभावमा सो रकम व्यवस्थापन चुनौतीपूर्ण बनेको बताउँदै आएको छ ।

तपाईको प्रतिक्रिया