अहिले मौसम परिवर्तनको समय छ । मानिसहरुमा मौसमी रुघाखोकीले सताउन थालेको छ । विश्वभर कोरोनाको त्रास कायमै रहेको बेला नेपालमा देखिएको मौसमी रुघाखोकीको समस्यालाई पनि मानिसहरु कोरोना नै हो कि भनेर आशंका गर्ने र त्रसित हुने क्रम पनि बढेको छ । मानिसहरु त्रसित बनेपनि कोरोना भाइरस र मौसमी रुघाखोकी लक्षणको आधारमा छुट्याउन सकिने जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र पाण्डे बताउँछन् ।

डा पाण्डेका अनुसार कोरोना संक्रमणको लक्षण रुघाखोकी भन्दा फरक हुन्छ । रुघाखोकीमा नाकबाट पानी बग्ने, नाक बन्द हुने, सामान्य खोकी लाग्ने, ज्वरो १०० डिग्री आसपास हुने, सामान्यतया २-४ दिनमा निको हुने हुन्छ । तर कोरोनाको संक्रमणमा लक्षण फरक हुन्छन । तल उल्लेखित लक्षण देखिएमा सरकारी अस्पताल गएर जांच गर्नु आबश्यक हुन्छ ।
कोरोना संक्रमणका लक्षण
पहिलो चरण
– ज्वरो आउने ( १०२ – १०४ डिग्री फरेनहाइटसम्म ),

– सुख्खा तथा लहरे खोकी लाग्ने,

– सास फेर्न गाह्रो हुने, घ्यारघ्यार हुने,

– घांटी बस्ने,

– थकाइ लाग्ने ।

दोस्रो चरण
– आराम गर्दा पनि सास छोटो भएजस्तो लाग्ने,

– पल्टिएर सुत्दा सास फेर्न गाह्रो हुने,

– श्वासप्रश्वासको अप्ठ्यारोले गर्दा आफ्ना अन्य दी’र्घ’रोगले च्यांप्दै जाने ।

तेस्रो चरण
– सास फेर्न निकै गाह्रो हुने अर्थात हरेक सासको लागि संघर्ष गर्नुपर्ने, बोल्न एकदम गाह्रो हुने,

– धेरै छाती दुख्ने,

– उठ्न निकै गाह्रो हुने,

– कुराहरु विर्षने, कन्फ्युज हुने,

– बेहोश हुने । केटीएम दैनिकको सहयोगमा

भाेक्राहामा प्रहरीकाे सर्च, स्थानीयकाे नाराबाजी

भाेक्राहामा प्रहरीकाे सर्च, स्थानीयकाे नाराबाजी

Gepostet von Inaruwa Online am Donnerstag, 20. August 2020

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

Gepostet von Inaruwa Online am Dienstag, 4. August 2020

तपाईको प्रतिक्रिया