- अमर काफ्ले

एम्बुलेन्स चालक संघ इनरुवाको नयाँ कार्य समिति सर्वसम्मत चयन भएको छ ।इकाई कार्य समिति इनरुवाको आज समपन्न प्रथम वार्षिक साधारण सभाले सबै पदाधिकारी चयनको प्रकृया सर्वसम्मत टुङ्ग्याएको हो ।

साधारण सभाले इकाई कार्य समिति इनरुवाको अध्यक्षमा राजेश कुर्मीलाई दोहोर्याएको छ । कुर्मीको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा इनरदेव मेहता, कोषाध्यक्षमा सन्तोष मेहता र सचिवमा बिजेन्द्र कुमार मण्डल रहेका छन ।त्यसैगरी कार्य समिति सदस्य तर्फ मुमताज अन्सारी, दिनेश कुमार माझी, महेन्द्रप्रसाद पोदार, मनोज मण्डल र कुरसिद मन्सुरी चयन भएका छन । साधारण सभाले इकाई कार्य समितिको सल्लाहकारमा भने हरिलाल मेहता र नारायण मण्डललाई छनौट गरेको छ ।

सभाले एम्बुलेन्स चालकको हकहीतलाई प्राथमिकतामा राखी अघि बढ्ने प्रस्ताव समेत पारित गरेको छ । अध्यक्ष कुर्मीले एम्बुलेन्स चालक संघ परोपकारी सोचका साथ स्थापना गरिएको बताए ।इकाई कार्य समिति इनरुवाले असहाय र गरीब वर्गको हकमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्नुका साथै आर्थिक सहयोग लगायतका कार्यलाई प्राथमिकतामा राख्दै आएको नारायण मण्डलले बताए ।

तपाईको प्रतिक्रिया