- अमर काफ्ले

इनरुवा। कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको रैथाने मकुना हात्ती मृत भेटिएको छ । मकुना आज विहान मृत भेटिएको हो । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयले मकुना मरेको पुष्टि गरेको छ । आरक्षका संरक्षण अधिकृत अशोक रामले करेण्ट लागेर हात्ती मरेको बताए । रामका अनुसार आरक्ष छेउको धानबारीमा हात्ती मृत भेटिएको हो । उनका अनुसार चरणको क्रममा धानबारीमा लगाइएको करेण्ट लागेर मकुनाको ज्यान गएको हो ।

आरक्षका प्रमुख संरक्षण अधिकृत रामले मकुनाको मृत्युले आरक्षलाई ठूलो क्षति पुगेको बताए । उनले मकुना स्थानान्तरणको कुरो चलिरहँदा मृत्युको खबर दुःखद भएको बताए । आरक्ष कार्यालयले घटना मुचुल्का तयार पारेर शदगदको तयारी थालिएको जनाएको छ । केहि साता अघि मात्रै मकुनालाई अन्यत्र सार्ने तयारीका विषयमा छलफल भएको थियो । मकुना जंगली हात्ती भएपनि रैथानेका रुपमा लामो समययता आरक्ष हातामै बस्दै आएको थियो । मकुनाको आक्रमणमा परी सुनसरी र सप्तरी तर्फका दर्जन बढीले ज्यान गुमाएका थिए ।

तपाईको प्रतिक्रिया