इनरुवा। जिल्ला प्रहरी कार्यालय परिषरमा झडप भएको छ । प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि कार्यालय परिषर तनावग्रस्त बनेको छ । पीडितका आफन्त सहित ठूलो संख्याको भीडले प्रहरी माथि आक्रमण थालेपछि दोहोरो झडप भएको छ । ढुङ्गामुडा पश्चात प्रहरीले प्रर्दशनकारीलाई लखेट्न आधा दर्जन बढी अश्रुग्यास समेत प्रहार गरेको छ । झडपमा प्रहरी सहित एक दर्जन बढी घाइते भएका छन् । प्रर्दशनकारीले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्द पारेका छन् ।

उनीहरुले प्रहरीले सुनियोजित पाराले थुनामा रहेका व्यक्तिको हत्या गरेको भन्दै लाश नबुझ्ने बताएका छ । उता जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले सीसीटीभी क्यामेरामा स्पष्ट आत्महत्या गरेको देखिएकाले प्रहरी माथि आक्षेप लगाउनु उचित नहुने बताए ।

उनले घटना अनुसन्धानको क्रममा रहेकाले छानविन हुने बताए । प्रहरीले प्रर्दशनकारीलाई हटाउन पटक पटक प्रयास गरेपनि उग्र बनेको समूह प्रहरी माथि जाई लागेको थियो । झडपका क्रममा प्रहरी कार्यालय र परिषरका संरचनामा क्षति समेत पुगेको छ । कार्यालय र इनरुवा बजार क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सुनसरी प्रहरीका अनुसार अभद्र व्यवहार मुद्धामा पक्राउ परेका भोक्राहा ५ का मोहम्मद हकिम साह अनुसन्धानको क्रममा थुनामा थिए । पीडित पक्षले भने केटाकेटी राजीले भागेको विषयमा राजनीति लादिएको बताएका छन् । उनीहरुले केटीलाई परिवार पक्षले छुटाएर लगेको र केटालाई अभद्र व्यवहारमा मुद्दा चलाइएकोमा थुनामै मृत्यु हुनु सुनियोजित भनेका छन ।

तपाईको प्रतिक्रिया