काठमाडौँ – महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, सोह्रखुट्टे र जनसेवा (न्युरोड)मा कार्यरत प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको छ । कोरोना नियन्त्रण तथा रोकथाम र नियमित शान्तिसुरक्षामा खटिएका सुरक्षाकर्मीमा सङ्क्रमण देखिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले कोरोना नियन्त्रण कार्यमा खटिएका प्रहरी वृत्त महाराजगञ्ज, सोह्रखुट्टे र जनसेवामा कार्यरत ट्राफिकसहित ६७ जना सुरक्षाकर्मीमा सङ्क्रमण देखिएको जानकारी दिए । ती वृत्तमा कार्यरत प्रहरी कर्मचारीमा सर्वसाधारण सेवाग्राही तथा थुनुवाबाट सङ्क्रमण फैलिएको दाबी प्रहरीको छ । ‘बन्दाबन्दी’ हटेसँंगै विभिन्न अपराधमा संलग्न अभियुक्त पक्राउ गर्न र नियमित सुरक्षा कार्यका लागि सडकमा खटिएकामा सङ्क्रमण देखिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

भाेक्राहामा प्रहरीकाे सर्च, स्थानीयकाे नाराबाजी

भाेक्राहामा प्रहरीकाे सर्च, स्थानीयकाे नाराबाजी

Gepostet von Inaruwa Online am Donnerstag, 20. August 2020

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

लक डाउनमा बजार पसल खाेले बल प्रयाेग गरिने

Gepostet von Inaruwa Online am Dienstag, 4. August 2020

तपाईको प्रतिक्रिया