- अमर काफ्ले

इनरुवा। इनरुवाबाट दुई वटा गिलेनमा लुकाइएको लागूऔषध बरामद भएको छ । गिलेनमा लुकाएर तस्करी गरिएको अवस्थामा इनरुवाको सखुवागाछीबाट प्रहरीले ९७ थान डाइलेक्स डिसी नामक लागुऔषध बरामद गरेको हो । प्रहरीले इनरुवा ३ सखुवागाछी चोकबाट गिलेनमा लुकाइएको लागूऔषध बरामद गरेको हो । को २६ प ५८६९ नम्बरको अपाचे मोटरसाइकल चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

सुनसरी प्रहरीले शंकाका आधारमा मोटरसाइकल चेकजाँचको लागि रोक्ने क्रममा चालक र पछाडी सवार व्यक्ति भने भागेका छन । मोटरसाइकल छाडेर भागेका उनीहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता नरेन्द्र कार्कीका अनुसार चोकतर्फ आउँदै गरेको मोटरसाइकलमा पछाडी बस्ने व्यक्तिले दुईवटा गिलेन बोकेका थिए । शंका लागेर चेकजाँचको लागि रोक्ने क्रममा मोटसाइकल हुत्याएर उनीहरु भागेका हुन । सो क्रममा मोटरसाइकल र गिलेन भने उनीहरुले छाडेको प्रहरीले जनाएको छ । बरामद गिलेन खोलेर हेर्दा प्लाष्टिकले बाँधिएको अवस्थामा भित्र लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले लागुऔषध गिलेनमा ओसारपसार भएको पाइनुलाई नौलो तरिका भनेको छ । उसले फरार व्यक्ति कारोबारी भए नभएको अनुसन्धान पश्चात खुल्ने बताएपनि प्रहरीलाई झुक्याउन गिलेनमा लागुऔषध राखेर ओसारपसार गर्ने गरिएको हुन सक्ने अनुमान लगाएको छ ।

तपाईको प्रतिक्रिया