इनरुवा। डा. सीके राउत नेतृत्वको जनमत पार्टीको इनरुवा नगर भेला सम्पन्न भएको छ । नगर भेलाले जनताको हक र अधिकारको लागि संघर्ष गर्न निर्णय गरेको छ । इनरुवा नगर समितिले पार्टी स्थापनाको मर्म अनुरुप संगठनका गतिविधि अघि बढाइने जनाएको छ ।

भेलामा केन्द्रीय सदस्यहरु सीताराम पंडित, आशा मेहता , देवराम मधेसी सहितको उपस्थिति रहेको थियो । कार्यक्रमका वत्ताहरुले देशमा आफ्नै भाषा, पहिरन र पहिचानका लागि आफ्नै शिक्षाको आवश्यक्तामाथि जोड दिएका छन । उनीहरुले महिला, दलित, जनजाति, अल्पसंख्यक, मुस्लिम, मधेसी सहितको प्रतिनिधित्व सुनिश्चित हुनेगरी शासन र प्रशासन नभएसम्म आम जनताले न्यायको अनुभुती गर्न नसक्ने बताए । नगर भेलाले जनमत जुटाउँदै जनताका समस्या र गुनासा सम्बोधनका सवालमा अघि बढ्ने निर्णय समेत गरेको छ ।

तपाईको प्रतिक्रिया