इनरुवा । कोशी ब्यारेजमा हाम फालेर इटहरीका एक पुरुष बेपत्ता भएका छन । ब्यारेजको पुलबाट नदीमा हाम फाल्ने व्यक्ति इटहरी १ बस्ने ५८ वर्षिय तिलक प्रसाद दाहाल रहेको सुनसरी प्रहरीले जनाएको छ । पुलमा भेटिएको पर्स र मोटरसाइकलका आधारमा नदीमा हाम फाल्ने व्यक्तिको पहिचान भएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता डिएसपी नरेन्द्रकुमार कार्कीका अनुसार घटना प्रकृति हेर्दा इटहरीबाट कोशी ब्यारेज पुगेका दाहालले मोटरसाइकल रोकेर नदीमा हाम फालेको हुन सक्ने बताए । प्रहरीका अनुसार दाहालको को३६प ९२५५ नम्बरको मोटरसाइकल, पर्स र चप्पल ब्यारेजको १३ नम्बर ढोका छेउमा भेटिएको छ । प्रहरीले नदीमा व्याक्ति हाम फालेको भन्ने प्राप्त सूचना पश्चात खोजी तिव्र पारिएको जनाएको छ । प्रहरी कार्यालयले दाहालले नदीमा हाम फाल्नु अघि परिवारलाई फोन गरेर सो बारेमा जानकारी गराएको बुझिन आएको बताएको छ ।

तपाईको प्रतिक्रिया