- अमर काफ्ले

इनरुवा। प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पीडित किसानका हकमा विशेष प्याकेजको घोषणा गरिने बताउनु भएको छ । प्रधानमन्त्रीले बाढी र डुबानका कारण मारमा परेका किसानलाई लक्षित गरी सरकारले छिटै राहत प्याकेज घोषणा गर्ने बताउनु भएको हो ।

प्रधानमन्त्री देउवाले मन्त्री परिषद्को बैठक बसी बाढी, डुबान र पहिरो पीडितका हकमा राहत कार्यक्रम गरिने बताउनु भयो । देउवाले उपलब्ध स्रोत, साधनका अलावा दाताहरुबाट सहयोग जुटाएर भएपनि पीडितका समस्या सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो । प्रदेश १ को बाढी ग्रस्त क्षेत्र अवलोकनका क्रममा इटहरी आइपुग्नु भएका प्रधानमन्त्री देउवाले सबैले अनुभुती गर्ने खालको राहत प्याकेजको घोषणा गरिने जानकारी दिनुभयो । सुरक्षा प्रमुख सहित स्थानीय निकायका प्रमुखहरुलाई निर्देशन समेत दिनु भएका प्रधानमन्त्रीले विपत्तिमा पूर्वाधार बिकास भन्दा पनि मानविय क्षति रोक्नु र राहतका कार्यलाई प्राथमिकता राख्नु आवश्यक भएको बताउनु भयो ।

तपाईको प्रतिक्रिया