- सुरेन्द्र मेहता

इनरुवा। अभियान कास्टिङ्ग नेटवर्क प्राली द्वारा संचालित नागरिक अभियान डटकमको प्रथम बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । देवांगञ्ज गाउँपालिका वार्ड न. १ मध्यहोर्षाही स्थित रहेको स्वास्थ चोकिको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो।

अभियान कास्टिङ्ग नेटवर्क प्रालीका अध्यक्ष विवेक मेहताको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो । भने कार्यक्रमको प्रमुख अतिथि सुनसरी क्षेत्र न .२ का व्यवस्थापिका सांसद सिताराम मेहता, बिष्ट अतिथी देवानगन्ज गाउँपालिकाका अध्यक्ष लाली प्रसाद मेहताले मैनबती बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियोे ।

स्वागत मन्तव्यमा नागरिक अभियानका प्रधान सम्पादक जयकृष्ण यादवले सभालाई सम्बोधन गर्दै कार्यक्रममा निमन्त्रणा स्वीकार गरेर आउनु भएका सम्पुर्ण प्रमुख अतिथि, विशेष अतिथि र अतिथि लगायत सम्पुर्णलाई स्वागत गर्दे धन्यवाद ज्ञापनगर्नु भएको थियो ।

स्वाग मन्तव्यकै क्रममा रेडियो नागरिकका निर्देश अरबिन्द मेहताले शुभकामना अदानप्रदान मार्फत नागरिक अभियान डटकमले कम समयमा ग्रामीण क्षेत्रका जनताहरुको अवाज विहिनहरु अवाज सधै बनी रहोस् । कार्यक्रममा उपस्थित नागरिकहरुलाई स्थानीय स्तरमा भएको कलाहरु लाई स्थानीय स्तरमै प्रयोग गरि आफ्नो गाउँ ठाउँ अगाडि बढाउनका लागि सुझाव राख्बु भएको थियो।

त्यसै गरि कार्यक्रममा मैथिली गायक बिरेन्द्र झा, प्रकाश अनुराग, शान्ति सदा, मनोज यादव भोले लगायतका कलाकारहरुले सांस्कृतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा प्रदेश न २ रेडियो नेपालका संचालक अनुस मेहता, सन्तोष मेहता, जसपाका बेचन मेहता, जनता माबिका प्रअ राजकुमार मेहता र गाउँ समाजका समाजसेवि, बुद्धिजि लगायत ३ सय भन्दा बढी ब्याक्तिहरुको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया