- सुरेन्द्र मेहता

इनरुवा। नेपाल कुशवाहा कल्याण समाज इनरुवा नगर कार्य समितिले बितेको दशै र आउदै गरेको तिहार, छ्ठ पर्वको अवसरमा शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रम सम्पन्न गरेको छ। इनरुवा नगरपालिका वार्ड न. ९ बबिया स्थित श्री शहीद श्यामसुन्दर आधारभुत विद्यालयमा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम नेपाल कुशवाहा कल्याण समाज इनरुवा नगर अध्यक्ष देवप्रसाद मेहताको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथी इनरुवा नगरपालिका नगर प्रमुख राजन मेहता, बिशिस्ट अतिथी सुनसरी जिल्ला क्षेत्र न. २ का व्यावस्थापिका सांसद तथा कल्याण समाजका पुर्व केन्द्र अध्यक्ष सीताराम मेहता, पुर्व केन्द्रिय अध्यक्ष डा.कृपाराम मेहताले संयुक्त रुपमा मैनबती बाली लबकुशको फोटोमा फुल माला अर्पण गरेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नु भएको थियो ।

नगर प्रमुख राजन मेहताले सभालाई सम्बोधन गर्दे कुशवाहा जातिय सङ्गठनलाई इतिहासमा हेर्दा उच्च मुल्यांकन भएको छ। साथै मेरो ५ महिनाको तलब सुबिधा सहित कुशवाहा कल्याण समाजका लागि ५ लाख बराबरको कोषकालागि प्रतिबद्धता व्यक्त गर्नु भएको थियो। कार्यक्रमको स्वागत मन्तव्यमा इनरुवा नगर कार्य सदस्य रघुनन्दन मेहता नगर कार्य समितिले लिएको जिम्मेवारी पुर्ण रुपमा सक्रिय भएर जिम्मेवारी वहन नगरेको र आउने दिनमा पुर्ण रूपमा आ-आफ्नो जिम्मेवारी बहनकालागि सबै संग आग्रह गर्दे गएको दशै र आउदै गरेको दिपावली, छ्ठ पर्वको सम्पुर्ण कुशवाहा बन्धुहरुलाई शुभकामना दिएका थिए ।

मन्तव्यकै क्रममा जिल्ला कार्य समितिका सल्लाहकार सत्यनारायण मेहताले २०७८ को राष्ट्रिय जनगणनामा भएको कोड न. १८ को कोष्टमा कुशवाहा लेखाउन आग्रह गर्दे कार्यक्रममा उपस्थित भएका सम्पुर्ण कुशवाहा बन्धुहरुलाई शुभकामना दिएका थिए । स्वागत मन्तव्यकै क्रममा कुशवाहा कल्याण समाज सुनसरीका जिल्ला अध्यक्ष श्रीलाल मेहताले सभालाई सम्बोधन गर्दे सबै कुशवाहा बन्धुलाई हिन्दुहरुको महान पर्व गएको दशै र आउदै गरेको तिहार, छ्ठ पर्वको शुभकामना दिएका थिए ।

त्यसै गरि डा.कृपाराम मेहताले कुशवाहा कल्याण समाजको हक हितका लागि सबै सङ्गठित भएर जातीय हक हितकालागि अगाडि बढनकालागि सबै अगुवाहरुलाई आग्रह गर्नु भएको थियो। भने कार्यक्रममा पुर्व केन्द्र अध्यक्ष तथा सांसद सीताराम मेहताले कुशवाहा समाज २०४५ सालमा स्थापन भएको थियो। भने कुशवाहा समाजले स्थानीय तह देखि केन्द्र सम्म भएको कार्य तथा गतिविधिहरुको बारेमा कार्यक्रममा वर्णन गर्दे कुशवाहा कल्याण समाजलाई अझ मजबुत र संगठितका हुनकालागि सबैको साथ र सहयोगको आवश्यकता रहेको बताउदै कुशवाहा समाज लाई आ-आफ्नो हक अधिकारकालागि सङठित हुनु जरुरी हुने आवश्यक रहेकोे बताए ।

कार्यक्रममा नेपाल कुशवाहा कल्याण समाज सुनसरी जिल्ला भुपु अध्यक्षद्वय राम प्रासद मेहता, बालकृष्ण मेहता, जिल्ला अध्यक्ष श्रीलाल मेहता, भुपु उपमेयर तथा बरिस्ठ अधिवक्ता अर्जुन मेहता, जिल्ला सह-सचिव धर्मवीर आर्य, नगर सल्लाहकार बुध नारायण मेहता, कुशवाहा विद्यार्थि कल्याण सुनसरी जिल्ला अध्यक्ष अर्जुन मेहता, जिल्ला सदस्य बलराम मेहता, जिल्ला समन्वय समितिका सदस्य अहिल्या मेहता, जिल्ला सदस्य कैलु मेहता, कृष्ण देव मेहता, भजन लाल मेहता, बिन्देश्वर मेहता, गायक तथा कलाकार प्रकाश अनुराग, सहिद पिता शिव नारायण मेहता एवम कुशवाहा समाजका समाजसेवी, बुद्धिजीवी व्याक्ती लगायत करिब ५ सय व्याक्तिहरुको उपस्थिती रहेको नगर कार्य समितिका सचिव मनोज कुमार मेहताले बताए।

तपाईको प्रतिक्रिया