- दिलिप कुमार साह

राजविराज। सोमबारबाट प्रदेश २ का ८ वटै जिल्लाका डेढ दर्जन माहिला पत्रकारहरुलाई फिचर लेखन सम्बन्धी पाँच दिने भर्चुअल तालिमको शुरुवात भएको छ । संचारिका समुहको आयोजनामा गरिएको भर्चुअल तालिममा प्रदेश २ का सिरहा, सप्तरी, बारा, पार्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा रही विगतका वर्षहरु देखि पत्रकारिता मै निरन्तर सक्रिय रहेका पत्रकार माहिलाहरुको पेशा प्रति थप उतरदायित्व निर्वाह गर्न समायानुरुपको दक्षता सीप र क्षमता अभिबृद्धि गर्ने उद्देश्यले सो तालिमको आयोजना गरिएको संचारिकाकी अध्यक्ष नितु पंडितले जानकारी गराईन् ।

समाजका अनेक विषयवस्तु समस्या समाधानका उपाय लगायत जनसरोकारका मुद्दाहरुलाई चौतर्फी अध्ययन गरी पत्रकारिताको माध्यमले जनता सामु पठनीय कसरी वनाउने दक्षता हरेक पत्रकार महिलामा हुनुपर्ने लक्ष्य सहित यी पत्रकार महिलाहरुलाई समायनुसार दक्षता प्रदर्शन गर्न सक्नु पर्ने प्रशिक्षक वरिष्ठ पत्रकार एवम, विश्लेषण मोहन मैनालीको कथन रहेको छ ।

तपाईको प्रतिक्रिया